जनजागरण कृषि सहकारी संस्था लि.गौशला-८ महोत्तरीको आयोजना तथा समृद्ध नेपाल बर्दिबासको सह-आयोजनामा परियोजनाको परिचयात्मक गोष्ठी सम्पन्न भएको छ । जलवायु परिवर्तन प्रभाव न्यूनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवाससङ्गको साझेदारीमा संचालित परियोजनाको बारेमा जानकारी गराउने उदेश्यले गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोको उपस्थितिमा १) बहुउद्देश्यीय नर्सरी व्यवस्थापन परियोजनाको बारेमा जनजागरण कृषी सहकारी संस्था र २) जलवायु परिवर्तनको प्रभावसङ्ग जुझ्न अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजनाको बारेमा समृद्ध नेपालले सरोकारवालाहरुलाई जानकारी गराएको थियो ।