“जलवायु परिवर्तनको प्रभाव सामना गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना” को परिचयात्मक गोष्ठी सम्पन्न भएको छ । बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद क्षेत्रीको प्रमुख आतिथ्यता रहेको उक्त गोष्ठीमा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुखहरू, वडाध्यक्षहरु लगायत लक्षित वर्गको समेत उपस्थिति रहेको थियो । समृद्ध नेपाल र सामुदायिक विकास तथा पैरवी मन्च नेपालको साझेदारीमा महोत्तरीको बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका, धनुषा जिल्लाको मिथिला नगरपालिका र बटेश्वर गाउपालिका गरि ६ वटा पालिकामा यस परियोजना संचालन भैरहेको छ । परियोजनालाई लिरिक परियोजनाको आर्थिक सहयोग रहेकोछ ।
FIELD ACTIVITIES
जलवायु परिवर्तनको प्रभाव सामना गर्नको लागि अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना” को परिचयात्मक गोष्ठी
- by Samriddha Nepal
- May 2, 2023
- 0 Comments
- 289 Views