बटेश्वर गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन अनुकुलन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । गाउँपालिकाका उपाध्यक्ष फूलकुमारी सिंहले शुभकामना मन्तव्यको क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई साङ्केतिक भाषा प्रशिक्षणको माध्यमबाट जलवायु परिवर्तन अनुकुलन सम्बन्धित जानकारी गराएकोमा समृद्ध नेपालप्रती धन्यवाद व्यक्त गर्नुभएको थियो । तालिममा बहुक्षेत्रीय पोषण स्वयंसेवक सन्तोषी कुमारी क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।
“जलवायु परिवर्तन प्रभाव सामना गर्न अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना” अन्तर्गत संचालन गरेको उक्त तालिम निलबहादुर लुम्रे र साङ्केतिक भाषा प्रशिक्षक प्रमोद बर्माशाखाले सहजीकरण गर्नुभएको थियो । समृद्ध नेपाल र सामुदायिक विकास तथा पैरवी मन्च नेपालको साझेदारीमा संचालित यस परियोजनालाई (लिरिक) परियोजनाको आर्थिक सहयोग रहेकोछ ।
FIELD ACTIVITIES
अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन अनुकुलन सम्बन्धि १ दिने तालिम
- by Samriddha Nepal
- May 16, 2023
- 0 Comments
- 310 Views