महोत्तरी, २०८० बैशाख २६ गते मङ्गलबारको दिन समाज कल्याण परिषद् काठमाडौ र आड्रा नेपालको प्रतिनिधिहरुले समृद्ध नेपालले बर्दिवास क्षेत्रमा गरेको कामको संयुक्तरुपमा स्थलगत अनुगमन गरेको छ ।
अनुगमन पश्चात अनुगमन प्रतिनिधिले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि गरिएको कार्य उदाहरणिय रहेको प्रतिक्रिया दिदै यस्ता प्रभावकारी कार्यलाई थप विस्तार गर्दै जानुपर्ने सुझाव दिएका छ्न ।
“जलवायु परिवर्तन प्रभाव सामना गर्न अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना” अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको सीपलाई प्रवर्द्धन गरि परिवारको आयश्रोतमा वृद्धि गर्नुको साथै, अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्न योगदान पुर्‍याउने उदेश्यले उनिहरुको सीपमा आधारित सामाग्री उपलब्ध गराएको थियो ।
उक्त परियोजना युरोपियन युनियन, अष्ट्रीयन विकास नियोगको आर्थिक सहयोग, आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारीमा संचालित LIRIC Project अन्तर्गत समृद्ध नेपाल बर्दिवास र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारीमा महोत्तरीको बर्दिवास, भङ्गाहा, औरही, गौशला यसैगरी धनुषाको मिथिला र बटेश्वर गरि ६ वटा पालिकाहरुमा संचालन भईरहेको छ ।