महोत्तरी, २०८० जेष्ठ ०१ सोमबार ।
गौशला नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन अनुकुलन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ । गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्रकुमार महतोले तालिमको उद्घाटन गर्नेक्रममा समृद्ध नेपालले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि आयआर्जनसङ्ग जोड्ने गरि कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । मेयर महतोले मन्तव्यकै क्रममा आगामी आर्थिक वर्षको योजनामा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकतामै राखेर योजना निर्माण गर्ने समेत बताउनुभएको थियो ।
तालिम अवलोकन गर्ने क्रममा महिला तथा बालबालिका शाखा प्रमुख अस्मिताकुमारी शर्माले जलवायु परिवर्तनको कारण अति जोखिममा रहेकाहरू मध्ये अझ विशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यक्रमले साङ्केतिक भाषा प्रशिक्षक (दोभाषे) मार्फत जलवायु परिवर्तन सम्बन्धि सचेतना विस्तार गर्नुलाई नविनतम उपाय हुन सक्ने बताउनु भएको थियो । आगामी दिनमा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरुको लागि गरिने कार्यमा आफ्नो तर्फबाट समन्वयात्मक सहयोग रहने समेत बताउनु भएको थियो ।
“जलवायु परिवर्तन प्रभाव सामना गर्न अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना” अन्तर्गत संचालन गरेको उक्त तालिम निलबहादुर लुम्रे र साङ्केतिक भाषा प्रशिक्षक प्रमोद बर्माले सहजीकरण गर्नुभएको थियो । समृद्ध नेपाल र सामुदायिक विकास तथा पैरवी मन्च नेपालको साझेदारीमा महोत्तरीको बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरपालिका, यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका र बटेश्वर गाउपालिका गरि ६ वटा पालिकामा परियोजना संचालन भईरहेको छ । यस परियोजनालाई लिरिक परियोजनाको आर्थिक सहयोग रहेकोछ ।
FIELD ACTIVITIES
जलवायु परिवर्तन अनुकुलन सम्बन्धि १ दिने तालिम
- by Samriddha Nepal
- May 15, 2023
- 0 Comments
- 306 Views