सदस्यताको लागि दरखास्त आह्वान !
VACANCY

सदस्यताको लागि दरखास्त आह्वान !

यस संस्थाको विधान-२०७२ को परिच्छेद (३) बमोजिम लैंगिक तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई आधार मानेर संस्थाको सदस्यता (साधारण सदस्य)को लागि मधेशी दलित, पहाडी दलित, मधेशी जनजाती र मुस्लिम समुदायका योग्यता पुगेका नेपाली नागरिकहरुको लागी दरखास्त आह्वान गरिएको छ ।

सदस्यताको लागि न्युनतम योग्यता

  • १६ बर्ष उमेर पुगेको नेपाली नागरिक,
  • नैतिक पतन हुने कुनै फौजदारी अभियोग नलागेको,
  • समृद्ध नेपालको विधान, निती, नियम तथा निर्देशिकामा भएका व्यवस्थाहरु पालना गर्न मञ्जुर,
  • सामाजिक विकास तथा सामाजिक न्यायको क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको,
  • मानव अधिकारका मुल्य, मान्यता र सिद्धान्तहरु व्यवहारमा प्रयोग गर्न प्रतिवद्ध,
  • कम्तिमा प्रवेशिका परिक्षा उतिर्ण गरेको ।

आवश्यक संख्या

मधेशी दलित-२ (महिला १ र पुरुष १), पहाडी दलित-२ (महिला १ र पुरुष १), मधेशी जनजाती२-(महिला १ र पुरुष १) र मुस्लिम समुदाय-२ (महिला १ र पुरुष १), अपाङ्गता भएको व्यक्ति-२ (महिला १ र पुरुष १) गरि जम्मा १० जना मात्र ।

आवश्यक कागजातहरु

  • व्यक्तिगत विवरण फारम,
  • नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि,
  • शैक्षिक योग्यताको प्रमाण-पत्र (मार्कसीट वा ट्रान्सक्रिप्ट मात्र)को प्रतिलिती

पुनश्च: समृद्ध नेपालको सदस्यताको लागि छनौट भए पश्चात प्रवेश शुल्क रु. २५०/- र वार्षिक शुल्क रु. ५००/- गरि जम्मा रु. ७५०/- संस्थाले तोकेको बैंक खाता मार्फत भुक्तानी गरे पश्चात सदस्यता-पत्र प्राप्त हुनेछ ।

योग्यता पुगेको इच्छुक व्यक्तिले तोकिएको ढाँचाको आवेदन फारम यस संस्थाको वेबसाइट www.samriddhanepal.org मा गई डाउनलोड गरि आवश्यक सूचना भरेर [email protected] मार्फत इमेल गरि वा कार्यालयमा आएर मिति २०८० असार ०७ गते कार्यालय समय भित्र आवेदन बुझाउन सक्नुहुनेछ ।

फारमको लागि यहाँ क्लिक गर्नुहोस !

सम्पर्क:
समृद्ध नेपाल
बर्दिबास-१४, नवक्षितिज क्याम्पस देखि करिब १०० मिटर दक्षिण
सम्पर्क नं. ९८०१६१०५९५

By subscribing to our mailing list you will always get latest news from us.
Submit Your Phone no. We will Callback within 2 hours.
+
=