तालिममा सहभागी हुन चाहनेहरुका लागि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२ जेष्ठ ०६ गते मङ्गलवार
समृद्ध नेपालको विपद् पूर्व तयारी तथा प्रतिकार्य निर्देशिका – २०८२ बमोजिम विपद् प्रतिकार्यको लागि स्वयम् सेवक परिचालन सम्बन्धी तालिम सञ्चालन हुन भएकोले मापदण्ड पुगेका नेपाली नागरिकहरुबाट आवेदनको लागि सूचना प्रकाशन गरिएको छ ।
मापदण्ड तथा शर्तहरू
न्यूनतम योग्यता: | एसईई उत्तीर्ण, स्वयम् सेवक भइ काम गर्न इच्छुक, १८ वर्ष पुरा भइ २५ वर्ष ननाघेको, बर्दिबास नगरपालिकाका स्थानीयलाई प्राथमिकता दिइने छ । |
शर्तहरु: | महोत्तरी जिल्ला भित्र विपद् प्रतिकार्यको कार्य गर्नुपर्ने अवस्था आएमा संस्थाको नियमानुसार स्वयम् सेवक भइ कार्य गर्नुपर्नेछ । विपद् प्रतिकार्यमा खटिएका स्वयम् सेवकहरूलाई संस्थाले सूचिकृत गरी प्राथमिकतामा राख्नेछ । |
सेवा सुविधा: | तालिम अवधिमा दिउसो खाजाको व्यवस्था हुनेछ र स्थानीय यातायात (आतेजाते) खर्च बापत दैनिक रु १००/- उपलब्ध गराइने छ । विपद् प्रतिकार्यको कार्यमा खटिदा संस्थाको नियमानुसार खाना र यातायातको व्यवस्था मिलाइनेछ । |
तालिम सम्बन्धी जानकारी
तालिमको विषय: | विपद् प्रतिकार्यका लागि स्वयम् सेवक परिचालन |
तालिम सञ्चालन हुने मिति: | २०८२ जेष्ठ २४ र २५ (२०२५ जुन ७ र ८) कुनै समस्या आएमा तालिमको मिति फेरबदल हुनसक्ने छ । |
समय: | बिहान १०:०० देखि बेलुकी ५:०० सम्म |
स्थान: | बर्दिबास |
Training on Volunteer Mobilization to Disaster Response _ Application Form |
आवेदन फारम भर्ने अन्तिम मिति
आवेदन फारम मिति २०८२ जेष्ठ २० गते सम्म भरिसक्नु पर्नेछ । पहिलो हुनेलाई प्राथमिकता दिने सिद्धान्तको आधारमा पहिले आवेदन दिने उपयुक्त १५ जना (कम्तीमा ४० प्रतिशत महिला अनिवार्य हुने गरी) छनौट गरिने भएकोले समयमै आवेदन फारम भर्नुहुन अनुरोध गरिन्छ ।